मंगलबार, कार्तिक ४, २०७७

२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै

नेपालखोज २०७६ कार्तिक १८ गते ६:५९

१७ कार्तिक, काठमाडौँ । नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ ।

बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो ।

यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ ।

निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । बजारमा इन्धन खपत बढ्दै गएपनि निगमले भण्डारण क्षमता भने विस्तार गर्न सकेको थिएन । यो समाचार आजको कारोबार दैनिकले लेखेकाे छ ।

प्रतिक्रिया