शुक्रबार, चैत १६, २०८०

कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

नेपालखोज २०७६ कार्तिक १८ गते ८:०७

१७ कार्तिक, काठमाडौँ । सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक खण्ड चौडा पारिएको थियो ।

चीनको सांघाइ कन्स्ट्रक्सन ग्रूपले उक्त सडक खण्ड चौडा पार्ने काम गरेको हो । चक्रपथको बाँकी खण्डको काम पनि सोही ग्रूपले गर्न लागेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया