बिहीबार, वैशाख १३, २०८१

पूर्व सभामुख महरालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश, डिल्लीबजार कारागार चलान

नेपालखोज २०७६ कार्तिक १८ गते १७:१०

१८ कार्तिक, काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश काठमाडौं जिल्ला अदालतले दिएको छ ।
संसद सचिवालयमा कार्यरत महिल कर्मचारीलाई जर्वरजस्ती करणी गरेको अभियोग लागेका महराको थुनछेक बहस सकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधिश सुर्दशनराज पाण्डेको एकल इजलासले महरालाई थुनामा राख्ने आदेश दिएको हो ।
अदालतको आदेशपछि महरालाई थुनामा राख्न डिल्लीबजार कारागार पठाईएको छ । महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

प्रतिक्रिया