शुक्रबार, वैशाख १४, २०८१

नेप्सेमा शुन्य दसमलव ९७ अंकले बृद्धि

नेपालखोज २०७६ कार्तिक १८ गते १७:४२

१८ कार्तिक, काठमाडौं । अघिल्लो दिन ओरालो लागेको सेयर बजार परिसुचक (नेप्से) आज सोमबार भने उकालो लागेको छ । नेप्से आज शुन्य दसमलव ९७ अंकले बढेर ११ सय ४० दसमलव २६ अंकमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव शुन्य चार अंकले बढेर दुुई सय ५० दसमलव ५१ अंकमा चढेको छ । नेप्सेमा आज एक सय ६३ कम्पनीहरुको चार हजार ९८ वटा कारोवार भएकाछन । जसबाट सात लाख ५९ हजार सात सय १२ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम १९ करोड १८ लाख ५४ हजार तीन सय ३३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेर हरियो देखिएपनि चार वटा समुहको सुचक घटेर रातो देखिएको छ । यि मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स र अन्य समुहको सुचक घटेर रातो देखिंदा होटल, जलबिद्युुत, निर्जिवन बीमा, उत्पादनमुुलक, लघुबित्त, जीवन बीमा र सामुुहिक लगानी कोष समुहको सुचक बढेर हरियो देखिएकाछन ।

आज ग्लोवल आईएमई लघुुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९३ पैसाले बढ्दा चिलिमे हाईड्रो पावर कम्पनीको सेयर मुल्य छ रुपैयाँ २४ पैसाले घटेको छ । जोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने आज चार रुपैयाँ ८३ पैसाले घट्दा गोर्खाज फार्ईनान्सको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ३४ पैसाले घटेको छ ।

नबिल बैंकको सबै भन्दा बढी रकम कारोवार भएको छ । नबिलको प्रतिकित्ता सात रुपैयाँ ६८ पैसामा एक करोड ९८ लाख ८६ हजार चार सय ५३ रुपैयाँको सेयर किनबेच हुंदा प्रभुु बैंकको प्रतिकित्ता दुुई सय ६८ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ६१ लाख ५३ हजार पाँच सय ९२ रुपैयाँको सेयर कारोवार भएको छ । यसबाहेक नेपाल बैंक, चिलिमे हाईड्रो पावर कम्पनी आदिको पनि बढी रकम कारोवार भएका छन् ।

प्रतिक्रिया