शुक्रबार, चैत १६, २०८०

नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने गाडी सडकबाट सय मिटर तल खस्यो

नेपालखोज २०७६ कार्तिक १९ गते १०:५८

१९ कार्तिक, दाङ । नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी दाङमा दुर्घटनामा परेको छ । तर, गाडीमा चौधरी सवार थिइनन् ।

सांसद चौधरीलाई घोराही छोडेर लमही फक्रने क्रममा लमही —घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स्थानमा गएराति करिब ११ बजेतिर उक्त गाडी दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ ।

दुर्घटनामा मानविय क्षति भने भएको छैन् । चालक रतन चौधरी सकुशल छन् । गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । एक्कासी सडकमा आएको जरायोलाई बचाउन खोज्दा गाडी अनियन्त्रित भई दुर्घटनामा परेको चालकको भनाई छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाको अनुसार उनी माथि आवश्यक अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया