मंगलबार, वैशाख ११, २०८१

अमेरिकाले भन्योः नेपाल भारतीय आतंकवादी समूहको क्रिडास्थल

नेपालखोज २०७६ कार्तिक २० गते ७:१६

२० कार्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको बताएको छ।

मंगलबार अमेरिकी विदेश मन्त्रालयले आतंकवादसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल उर्वर भूमी भएको उल्लेख छ। मुजाहिद्दिन मुस्लिम समुदाय निकट आतंकवादी समूह हो। यसले भारतमा दर्जनौं बम हमला गरिसकेको छ भने सयौं नागरिकको ज्यान गएको छ।

मुजाहिद्दिनले पाकिस्तानी आतंकवादी समूह लस्कर ए–तैयबा, जैश–ए–मोहम्मद र हर्कत अल–जिहादसँग पनि द्विपक्षीय सम्बन्ध राख्दै आएको प्रवितदेनमा उल्लेख छ।

‘भारतीय मुजाहिद्दिन (आइएम)को लक्ष्य भनेको भारतीयहरुमाथि कारवाही गर्नु रहेको छ। मुसलमानमाथि भारतमा भएको दमनको बदला लिनु उनीहरुको लक्ष्य हो। यसका लागि आइएमले नेपालमा आफ्नो अपरेशनको क्षेत्र विस्तार गरेको छ। नेपाल अहिले आइएमका लागि सबैभन्दा ठूलो केन्द्र हो’, प्रतिवेदनमा भनिएको छ।

यद्यपि प्रतिवेदनमा सन् २०१८ मा नेपालमा संघीय र स्थानीय निर्वाचनका क्रममा छिटपुट घरेलु घटना भए पनि अन्तर्राष्ट्रिय आतंकवादी घटना नभएको उल्लेख छ। यो समाचार आजको खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया