शुक्रबार, वैशाख १४, २०८१

अपहरणकारी माथी प्रहरीले चलायो गोली

नेपालखोज २०७६ कार्तिक २० गते १०:२४

२० कार्तिक, वीरजञ्ज । पर्सामा प्रहरीले अपहरणकारीमाथी गोली चलाएकाे छ । बालक अपहरण गर्ने सेमाबारबारी ६ पर्साका २० बर्षीय राजकुमार दासमाथी प्रहरीले गोली चलाएको हो ।

दश दिनअघि बनेपाबाट अपहरणमा परेका बालकलाई उद्धार गर्ने क्रममा गाेली चलाएकाे प्रहरीकाे दाबी छ । दासकाे दाहिने खुट्टामा गाेली लागेकाे छ भने बालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ ।

दासको साथबाट एकथान पेस्तोल पनि बरामद गरिएको र नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया