शुक्रबार, वैशाख ७, २०८१

नाका बन्दीका समय चर्किएको ‘ब्याक अफ इण्डिया’ नारा जस्तै फेरी चकिदै ‘गो ब्याक इण्डिया’ नारा

नेपालखोज २०७६ कार्तिक २० गते १६:४८

२० कार्तिक, काठमाडौँ। भारतीय नक्सामा नेपाली भूमि समेटिएको भन्दै चौतर्फी विरोध भैरहेको छ । यसै क्रममा आज विभिन्न विद्यार्थी संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग—अलग प्रदर्शन गरे । प्रदर्शनमा कालापानी, लिम्पियाधुरा हाम्रो हो , विस्तारवाद बन्द गर, गो ब्याक इण्डिया जस्ता नाराहरु चर्काइएका थिए ।

लामो समयदेखि नेपाल भारत सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै यसको चौतर्फी विरोध भैरहेको छ ।

प्रतिक्रिया