बुधबार, वैशाख १२, २०८१

भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर के—के गर्ने छन् नेपाल आएर ?

नेपालखोज २०७६ कार्तिक २० गते १७:२३

२० कार्तिक, काठमाडौँ । भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउँदै छन् । नेपालमा उनको स्वागतकालागि नेपाली क्रिकेटरदेखि क्रिकेटका फनहरु तयार छन् । सचिन नेपाल आउँदै गर्दा उनले नेपालमा के—के गर्लान् भन्ने कौतुहल्ता समेत क्रिकेट लभरहरुमा बढेको छ । खासमा सचिन युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन्।

युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने लगभग पक्का भएको स्रोतले बताएको छ। स्रोतका अनुसार १६ तारिखमा सम्भव नभएमा २० वा २२ तारिख आउने गरी कुराकानी समेत भइरहेको छ।

 

यस्तो छ सचिनको नेपाल कार्यक्रम

सचिन युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन् र त्यही दिन भारत फर्कने तयारी छ। सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए। त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए। विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा हुनेछैनन्।

त्यस बेला एसिसी इमर्जिङ टिम्स कपमा सहभागिता हुन नेपाली क्रिकेट टिम बंगलादेशमा हुने छ । यसैगरी, नेपालका पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने टी—१० खेल्न युएई पुग्ने छन् ।

त्यसो त पारसलाई नेपाल सरकारले पोषण तथा खाद्य सुरक्षाको सद्भावना दूत नियुक्त गरेको छ। त्यसैले पनि युनिसेफले पारस र सचिनलाई कार्यक्रममा एक साथ राख्न खोजेको थियो । तर, टी—१० लिगका कारण त्यस समय पारस नेपाल बाहिर रहने छन् ।

प्रतिक्रिया