बुधबार, वैशाख २६, २०८१

साफाद्धारा एनसिएचएललाई र्टिफिकेट अफ मेरिट बाट सम्मानित

नेपालखोज २०७६ कार्तिक २० गते १७:२७

२० कार्तिक, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) लाई साफा बेष्ट प्रिजेन्टेड एयान्युुल रिर्पोट अवार्ड २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ सर्टिफिकेट अफ मेरिट प्रदान गरिने भएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा साउथ एशियन फेडरेसन अफ अकाउन्ट (साफा) समितिद्वारा पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर विभिन्न विधामा अवार्ड प्रदान गरिने भएको हो । साफाले सो अवार्ड ढाका, बंगलादेशमा ३० नोभेम्बर, २०१९ मा आयोजना हुने समारोहमा हस्तान्तरण गर्नेछ ।
यसअघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले इन्सिच्युट अफ चार्टड एकाउन्ट्स अफ नेपाल (आईक्यान) द्वारा संचालित बिपिए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो ।

सपश्चात सो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकंनका लागि साफा पठाएको थियो । एनसीएचएल ले भुक्तानी तथा फर्छौटको क्षेत्रमा गरेको काम र वित्तिय डिस्क्लोजर तथा पारदर्शिता प्रति प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।
एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू लगायत स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

प्रतिक्रिया