बिहीबार, वैशाख १३, २०८१

नेपाल र कुवेतको खेल दशरथ रंगशालामा नहुने

नेपालखोज २०७६ कार्तिक २१ गते १४:५३

२१ कार्तिक, काठमाडौं । जति नै चर्चा गरिएपनि नेपालको खेल क्षेत्रमा सँधै तुषारापात हुने गरेको छ । अहिले चर्चा र बहशको विषय भनिरहेको र नेपाली खेल क्षेत्रमा नयाँ कदम हुने भन्दै कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटका लागि दशरथ रंगशालामा हुने भनिएको खल नहुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै कुवेतसँग खेल दशरथ रंगशालामा नहुने जनाएको छ ।

नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते दशरथ रंगशालामा हुने तय थियो । तर, पुन:निर्माण भईरहेको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तय नहुँदा नेपाल र कुवेतको खेल नहुने भएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिता समितिका प्रतिनिधि देङ् सिओ लोङले रंगशालाको निरीक्षणपछि फिफा र एएफसीले दशरथ रंगशालालाई अयोग्य ठहर गर्दै एन्फालाई खेल स्थल परिवर्तन गर्ने निर्देशन दिएको हो ।

अब नेपाल र कुवेतबीचको खेलका लागि न्युट्रल भेन्यु खोजिने एन्फाले जनाएको छ । एन्फाले भुटानको चाङ्लिमिथाङमा गराउने प्रस्ताव फिफा र एएफसीलाई गरेको छ ।

सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ ।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।

यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्याे ।

यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया