शनिबार, वैशाख ८, २०८१

नेपाली भूमीमा भारतको आक्रमण विरुद्ध कैलालीको लम्कीमा विशाल प्रदर्शन

नेपालखोज २०७६ कार्तिक २१ गते १८:२७

टंककला तिमिल्सेना, २१ कार्तिक, कैलाली । भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भूमी समेटिएको विरोधमा कैलालीको लम्की चुहा नगरपालिका १ लम्कीमा विशाल प्रदर्शन भएको छ ।

नेपाली भूमी हडप्पने भारतको कदम बढ्दै गएको भन्दै यसको विरोधमा यहाँका नागरिक स्वतन्त्र रुपमा प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा उनीहरुले भारतको नयाँ नक्सा समेत जलाएका थिए ।

गो ब्याक इण्डिया, भारतीय विस्तारवाद मुर्दाबाद, हाम्रो भूमी फिर्ता गर, लिपुलेक हाम्रो हो, काला पानी हाम्रो हो लगाएतका नारा चर्काउँदै प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ता र सर्वसाधारणले राष्ट्र र राष्ट्रिय मुद्धामा सौदान्तिक विभेद नल्याई सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।प्रदर्शनमा सहभागीहरुले राजतन्त्रको पुर्नबहालीको माग गर्दै राजा आउ देश बचाउँ नारा समेत लगाएका  छन्

 

भारतले नेपाली भूमीलाई आफ्नो नक्सामा समावेश गरे पछि अहिले भारतीय हस्तक्षपको देशभर चौतर्फी विरोध भैरहेको छ । विरोधका क्रममा नाका बन्दिका समय लगाईएको ब्याक अफ इण्डिया जस्तै गरी अहिले गो ब्याक इण्डिया नारा चर्काइएको छ ।

प्रतिक्रिया