बुधबार, वैशाख १२, २०८१

१७ औ चरणको अनशन बसेका डा गोविन्द केसी डडेल्धुरा अस्पतालमा भर्ना

नेपालखोज २०७६ कार्तिक २२ गते २२:२०

२२ कार्तिक, डडेल्धुरा । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई डडेल्धुरा अस्पताल भर्ना गरिएको छ ।

सात बुँदे माग राखी कात्तिक १८ देखि सोमबारदेखि अनशनरत डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो । डा केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिएका छन् । प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रशासनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताए ।

सोमबारदेखि डडेल्धुरामा १७ औँ चरणको अनशन शुरु गरेका केसी चिसोका कारण स्वास्थ्यमा समस्या देखिएपनि अस्पतालबाट नै अनशन जारी राख्ने उनका भाई किशोर केसीले बताए ।

प्रतिक्रिया