शनिबार, वैशाख ८, २०८१

बिद्युतीय राहदानी छपाउने ठेक्का सरकारले रद्द ग¥यो

नेपालखोज २०७६ कार्तिक २३ गते १३:१०

२३ कार्तिक, काठमाडौं । विवादै विवादका वीचमा विद्युतीय राहदानी छपाई प्रक्रिया सरकारलृ रद्द गरिदिएको छ । ५० लाख प्रति विद्युतीय राहदानी छपाई गर्नका लागि गत भाद्र १० गते बोलपत्र आव्हान गरिएको थियो । तर अहिले सुरक्षा प्रेस नेपालमा नै राख्ने तयारी भएका कारण विद्युतीय राहदानी छपाई कार्य रद्द गरिएको बताइएको छ ।

सरकारले आगामी एक वर्षभित्र विद्युतीय राहदानी लागू गर्ने योजना अनुरुप नै बोलपत्र आव्हान गरेको थियो । सोही बमोजिम शुक्रबासम्म बुझाईएका प्रस्ताव खोल्ने तयारी भएपनि अन्तिममा अवस्थामा आएर रद्द गरिएको हो ।

विद्युतीय राहदानी निर्माणका लागि दुई पटकसम्म बोलपत्र आव्हान गरिएको थियो । त्यसका लागि २० वटा कम्पनीले प्रस्ताव फारम खरिद गरेका थिए । आर्थिक चलखेलका कारण विद्युतीय राहदानी छपाई कार्य रोकिएको आशका गरिएको छ ।

प्रतिक्रिया