बिहीबार, वैशाख १३, २०८१

कार्यशैली र कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री सचिवालय सदस्य हेरफेर हुँदै

नेपालखोज २०७६ कार्तिक २४ गते ७:२७

२४ कार्तिक, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुको कार्यशैली र कार्यसम्पादन सन्तोषजनक नभएको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सचिवालय सदस्य हेरफेर गर्ने तयारी गरेका छन् । सल्लाहकार र सचिवालय सदस्यसँग असन्तुष्ट रहेका ओलीले सबैलाई राजीनामा गर्न सुझाउँदै सचिवालय सदस्य हेरफेर गर्ने तयारी गरेका हुन् ।

मंसिर पहिलो सातादेखि लागू हुनेगरी सल्लाहकार र सचिवालय सदस्य हेरफेर गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । जिम्मेवारी हेरफेर हुने भएसँगै सबै सल्लाहकारले राजीनामा दिने तयारीमा रहेका बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया