शुक्रबार, वैशाख १४, २०८१

पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ सिकिस्त उपचार गराउन लण्डन जाने

नेपालखोज २०७६ कार्तिक २४ गते १५:१८

२४ कार्तिक, इस्लामाबाद । केही समयदेखि सख्त बिरामी भएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जाने भएको छ । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो ।
स्रोतले भनेको छ, “नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्ने भएक छन् ।” उनी यही नोभेम्बर २७ तारिखमा फर्किने समेत तय भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका विशेष सहयोगी नइम उल हकले सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उजको अवस्था नाजुक रहेको निश्कर्ष निकालेको संचारकर्मीहरुलाई जानकारी दिए ।

उजले भने, “हरेक पाकिस्तानीले आफूले चाहेको ठाउँमा उपचार गर्न पाउनु उनीहरुको अधिकार हो, त्यसैले पूर्व प्रधानमन्त्री सरिफलाई पनि विदेश उपचारका लागि सरकारका तर्फबाट कुनै रोकतोक छैन ।”

उनका धेरै विषय अदालतको आदेशका आधारमा हुने भएकाले उनी कहिले जाने र कहिले आउने भन्ने कुरा पनि त्यसैमा निर्भर हुने नइमले बताए ।

“पूर्व प्रधानमन्त्री सरिफलाई कति पटक र कति लामो समय उपचारका लागि विदेश जान दिने भन्ने कुरा अदालतले निर्णय गर्नेछ,” उनले पत्रकारहरुसँग भने

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

स्वदेशकै अस्पतालमा केही दिन उपचारपछि उनलाई केही दिनदेखि जाटी उम्र स्थित निवासमै राखेर उपचार गरिएको छ । निवासमा उपचारका लागि उनलाई चिकित्सकहरुको टोली र अति विशिष्ट कक्ष (आइसियु) को व्यवस्था गरिएको थियो ।

पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार ६९ वर्षीय सरिफसँगै उनका भाइ तथा पाकिस्तान मुस्लिम लिग—नवाजका अध्यक्ष शहवाज सरिफ जाने छन् ।

प्रतिक्रिया