शनिबार, वैशाख १५, २०८१

पाँच किलो गाँजा बरामद

नेपालखोज २०७६ कार्तिक २५ गते ७:२१

२५ कार्तिक, सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीलाई देखेपछि गाँजा बोकेको तस्कर फरार भएका छन् । बरामद प्रतिबन्धित लागुऔषध गाँजा आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय, भारदहमा बुझाइएको छ ।

प्रतिक्रिया