बिहीबार, कार्तिक ६, २०७७

ओली र प्रचण्डबीच ‘वान टु वान’ छलफल

नेपालखोज २०७६ कार्तिक २५ गते ७:३४

२५ कार्तिक, काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।

Advertisement

नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी,पार्टी एकताको बाँकी काम टुंगो लगाउनेलगायतका विषयमा छलफल हुने बताए ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालबीच रिक्त विभिन्न आयोगमा नियुक्ति गर्ने विषयमा समेत सहमति जुटेको छ । यो समाचार आजको राजधानी दैनिकमा  छ ।

Advertisement

प्रतिक्रिया