मंगलबार, वैशाख ४, २०८१

तराईका सुगम क्षेत्रमा उडाउन सीता एयरले खरिद गर्दै यस्ता नयाँ जहाज !

नेपालखोज २०७६ कार्तिक २५ गते १३:२१

२५ कार्तिक, काठमाडौँ । निजी क्षेत्रको हवाई सेवाप्रदायक सीता एयरले तराई तथा सुगम क्षेत्रका विमानस्थलमा उडान सुरु गर्ने तयारी गरेको छ । हाल पहाडी तथा हिमाली क्षेत्रमा उडान गरिरहेको एयरलाइन्सले सुगममा उडान शुरु गर्नका लागि तयारी अघि बढाएको हो ।

एयरलाइन्सलाई ७२ सिटे एटिआर जहाज ल्याउन सरकारले अनुमति दिएको छ । सीतालाई चार ओटा जहाज ल्याउनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमति दिएको हो ।

मन्त्रालयका अनुसार सीताले पाँच जहाजका लागि आवेदन दिएपनि अहिले भएका जहाज जतिलाई मात्र अनुमति दिइएको हो ।
एयरलाइन्सले नयाँ जहाजबाट तराईका अधिकाशं विमानस्थल तथा पोखरा उडान गर्ने तयारी गरेको जनाएको छ ।

हाल ड्रोनियरका ४ जहाजबाट पूर्वदेखि पश्चिमसम्मका पहाडी क्षेत्रमा उडान गरिरहेको एयरलाइन्सले एटिआर ल्याएपछि भैरहवा,नेपालगञ्ज,विराटनगरजस्ता विमानस्थलमा उडान गर्ने प्रारम्भिक योजना बनाएको छ ।

प्रतिक्रिया