मंगलबार, वैशाख ११, २०८१

उपनिर्वाचन : चुनाव चिन्ह आज वितरण हुँदै, कहाँबाट कति स्वतन्त्र उम्मेद्वार ?

नेपालखोज २०७६ कार्तिक २५ गते १३:३१

२५ कार्तिक, काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि सोमबार (आज) चुनाव चिह्न प्रदान गर्दैछ । हिजो अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो ।
आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुनलागेका क्षेत्रमा उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम हिजै सम्पन्न भैसकेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र ११ मध्ये स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता लिएका छन् । उनको उम्मेदवारी फिर्तालगत्तै २१ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा विभिन्न राजनीतिक दलका नौ र स्वतन्त्र १० गरी १९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।
बाग्लुङमा राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङमा राजनीतिक दलका १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको आयोगले जानकारी दिएको हो ।

प्रतिक्रिया