शुक्रबार, चैत १६, २०८०

के—के गर्ने छन् बंगलादेशका राष्ट्रपति नेपाल भ्रमणका ४ दिनमा ?

नेपालखोज २०७६ कार्तिक २५ गते १३:४७

२५ कार्तिक, काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मंगलबार (भोली) बाट हुने ४ दिने नेपाल भ्रमणकालागी राजधानीका विभिन्न ठाउँमा स्वागतद्वारा खडा गरिएका छन् ।

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । उनी भोलि नेपाल आइपुग्ने र शुक्रबार स्वदेश फर्कने कार्यसुचि रहेको छ ।

स्वागतका लागि नेपालका राष्ट्रपति भण्डारी र बंगलादेशका राष्ट्रपति हमिदको तस्बिर राजधानीका विभिन्न स्थानमा बिजुलीको पोलमा टाँगिएको छ । उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । राष्ट्रपति भण्डारीले उनको सम्मानमा रात्रिभोजको कार्यक्रम समेत गर्ने बताइएको छ ।

बंगलादेशी राष्ट्रपतिसमक्ष उच्च स्तरका राजनीतिक नेताले समेत भेट गर्नेछन् । उनी नेपालमा रहँदा पोखरा र काठमाडौंका विभिन्न पुरातात्विक महत्वका क्षेत्रको भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया