शुक्रबार, वैशाख १४, २०८१

इराकमा यसरी मारिए सय जना भन्दा बढी सरकार विरोधी प्रदशनकारी !

नेपालखोज २०७६ कार्तिक २५ गते १३:५७

२५ कार्तिक, काठमाडौँ । इराकमा जारी सरकार विरोधी प्रदर्शनमा मारिनेको संख्या सय भन्दा बढी पुगेको छ । सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा दर्जनौंको मृत्यु हुनुका साथै कयौं घाइते भएको बताइएको छ ।

आईतबार राजधानी बगदादमा भएको प्रदर्शनका क्रममा ६ जना सर्वसाधारण मारिएका छन् भने दर्जनौं घाइते भएका समाचार एजेन्सिहरुले जनाएका छन् । इराकी संसदको मानवअधिकार आयोगका अनुसार गत महिना मात्र ३ सय १९ जनाको मृत्यु भइसकेको छ ।

सुरक्षाकर्मीहरुले बगदाद र दक्षिणी शहरहरुमा सत्तापक्षको विरोधमा भएको प्रदर्शन रोक्न जथाभावी गोली चलाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

घाइतेहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुमाथि पनि सुरक्षाकर्मीबाट ज्यादती भएको बताइएको छ । इराकमा जारी हिंसा रोक्न अन्तर्रा्ष्ट्रिय मानवअधिकारवादी संस्थाहले अपीलसमेत गरेका छन् ।

प्रतिक्रिया