शुक्रबार, वैशाख १४, २०८१

विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिको महासचिवमा सन्तोष वाशिष्ठ

नेपालखोज २०७६ कार्तिक २५ गते २१:३०

२५ कार्तिक, वाराणसी भारत । विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिको २०७६ कार्तिक २४,२५ गते भारतको वाराणसीमा बसेको कार्यसमितिको बैठकले उदयनारायण भट्टराई (सन्तोष वाशिष्ठ)लाई विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिको महासचिवमा मनोनित गरेको छ ।
भारतको वाराणसीमा भएको कार्यसमितिको बैठकले वाशिष्ठ लाई महासचिवमा मनोनित गरेको हो । वाशिष्ठ नेपाल ज्योतिष परिषदमा रहँदा ७७ वाट जिल्लाका ज्योतिषी हरुसँग हातेमालो गर्दै ७ प्रदेशमा संगठन बिस्तारका साथै प्रमुख निर्वाचन अधिकृत रहि ७ वटै प्रदेशमा निर्बाचन सम्पन्न गराउनुका साथै बिभिन्न संघ संस्थाका नेतृत्व तहमा बसी कुशलतापूर्वक कार्यगरेको अनुभव छ।

विश्व ज्योतिष महासंघ नेपाल का सभापति ,अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णाय समितिका सदस्य सचिव, नेपल ज्योतिष परिषद,राष्ट्रिय धर्मशभा नेपाल, विश्व हिन्दु महासंघ लगायतका संघ संस्थाहरुमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका वाशिष्ठले ३ दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै दर्जनौं अवार्ड हरुबाट सम्मानित भएका छन् ।

झापा अर्जुनधारा ७ मा जन्मेका वाशिष्ठ अरुणोदय प्रा बि बाट शिक्षाको सुरुवात गरि अर्जुनधारा संस्कृत वेदविद्यापीठ (गुरुकुल)मा ब्रम्हलीन गुरु आचार्य पुष्पलाल निरौलाबाट लामो समय सम्म संस्कृतको अध्ययन गरि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीवाटआचार्य गरेका वाशिष्ठ हाल विद्यावारिधी गर्दैछन ।

प्रतिक्रिया