शनिबार, वैशाख ८, २०८१

एआईजीको आवेदनले प्रहरीमा तरंग

नेपालखोज २०७६ कार्तिक २६ गते १४:२०

२६ कार्तिक, काठमाडौं । । नेपाल प्रहरीका एआईजी ठुले राईले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत(सिईओ)का लागि आवेदन दिएपछि प्रहरीमा तरंग उत्पन्न भएको छ । यदी राई सिईओमा छनोट भएमा प्रहरीको बढुवा समेत त्यसबाट प्रभावीत हुने छ ।

एआईजी राईको कार्यकाल तीन महिना बाँकी छ । गृह मन्त्रालयले बढीमा एक महिनाभित्र सिईओ छान्दैछ । स्रोतका अनुसार गृहसचिव प्रेम कुमार राईले एआईजी राईलाई रोजेका छन् । गृहमन्त्रीसँग पनि उनको राम्रो सम्बन्ध छ । विगतमा प्रहरीमा विपद् व्यवस्थापन गणको प्रमुखका रुपमा अनुभव भएकाले पनि सो पदमा उनकै सम्भावना छ ।

नियुक्त भएमा उनले राजिनामा दिनुपर्ने हुन्छ । उनको राजिनामापछि रिक्त हुने एआईजी पदमा बढुवाका लागि चलखेल सुरु भइसकेको छ ।
जसमा डिआईजी केदार रिजालदेखि ठाकुर ज्ञवालीसम्म लागेका छन् । डिआईजी रिजाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै २८ माघमा अवकाश पाउँदैछन् । तर बिशिष्ट श्रेणीको पदमा पुगेर अवकाश हुने उनको चाहना छ ।

त्यस्तै खनालपछि आईजिपीको दाबेदार रहेका ठाकुर ज्ञवाली तथा तारिणी लम्सालले पनि त्यसमा चासो दिएर लबिङ सुरु गरिसकेका छन् ।

प्रतिक्रिया