शनिबार, वैशाख १५, २०८१

उपनिर्वाचन : स्थानीय तह प्रमुख र वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता आज,कहाँ— कहाँ हुँदैछ नगर प्रमुखको चुनाव ?

नेपालखोज २०७६ कार्तिक २७ गते ११:४५

२७ कार्तिक, काठमाडौँ । बुधबार (आज) स्थानीय तहहरुमा प्रमुख तथा वडा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता हुँदैछ । निर्वचन आयोगले मंसीर १४ गते हुने उपनिर्वाचनका लागि आज स्थानीय तह प्रमुख र वडा अध्यक्ष पदकालागि उम्मेदवारी समय दिएको हो ।

आयोगका अनुसार आज विहान १० बजेदेखि उम्मेदवारी दर्ता प्रकृया चलिरहेको छ । आयोगले दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ ।

सम्बन्धित स्थानीय तहको केन्द्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा स्थानीय तहको रिक्त रहेका पदहरुमा उम्मेदवारको मनोनयन दर्ता गर्ने आयोगको कार्यतालिका रहेको छ ।

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि मतदान    हुँदैछ ।

प्रतिनिधिसभाका १ र प्रदेशसभाका ३ सदस्यका लागि २१ कात्तिकमै उम्मेदवारहरुको मनोनयन दर्ता भइसकेको छ। ३७ जिल्लामा रिक्त ५२ पदमा उपनिर्वाचन हुँदै छ। जहाँ ४ लाख ५४ हजार ११४ जना मतदाता रहेका छन् । मतदानका लागि २ सय ४७ मतदानस्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको छ।

प्रतिक्रिया