बिहीबार, चैत १५, २०८०

साढे ३ लाखसहित १० जुवाडे पक्राउ

नेपालखोज २०७६ कार्तिक २७ गते १४:२४

२७ कार्तिक, काठमाडौँ । काठमाडौंको हलचोक स्थित एक घरमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका ३ हलचोकमा हरिमाया पुतुवारको घरमा कौडा खेलिरहेका उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे पाँचखालका बालकुमार पन्त, नुवाकोटका दिनेश लामा, सीतापाइलाका सचित दुलाल, हलचोकका महेश गोतामे, सीतापाइलाका राजकुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, पक्राउ पर्नेमा सीतापाइलाकै वुद्धिबहादुर तामाङ, सुशन्त लामा, हलचोकका सुक्रबहादुर पुतुवार र राजु बस्नेत पनि छन् । उनीहरुको साथबाट १६ थान कौडा र ३ लाख ६० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया