बिहीबार, चैत १५, २०८०

निदान अस्पतालका सिईओसहित पाँच जना कारागार चलान

नेपालखोज २०७६ कार्तिक २७ गते १४:३४

२७ कार्तिक काठमाडौँ । निदान अस्पतालका सिईओसहित पाँच जनालाई कारागार चलान गरिएको छ । नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आले कारागार चलान भएका हुन् ।

काठमाडौँ जिल्ला अदालतले पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । प्रहरीको मानव बेचबिखन अपराध अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया