शुक्रबार, चैत १६, २०८०

भारतीय प्रधानमन्त्री मोदी ब्राजिलमा, पुटिन र सी चिनफिङसँग छलफल हुने

नेपालखोज २०७६ कार्तिक २७ गते २१:१२

२६ कार्तिक, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार ब्राजिल पुगेका छन् । दुईदिने औपचारिक भ्रमणका लागि उनी ब्राजिल पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उनले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको साझा मञ्च मानिने “ब्रिक्स”को सम्मेलनमा सहभागिता जनाउने छन् ।

ब्रिक्सको यो ११औँ सम्मेलनमा डिजिटल अर्थतन्त्र, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच देशको रणनीतिक भूमिकाका बारेमा बढी छलफल हुने जनाइएको छ ।

त्यसैगरी आतङ्कवादविरुद्ध संयुक्त रूपमा लड्ने संयन्त्र बनाउने विषय पनि यस सम्मेलनको प्राथमिकताको विषय भएको बताइएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री मोदीले यो सम्मेलनबाट ब्रिक्सका सदस्य राष्ट्रहरू सांस्कृतिक तथा आर्थिक पक्षबाट पनि जोडिने विश्वास व्यक्त गरेका छन् ।

सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङ, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायतका शीर्ष नेताहरूका बीचमा भेटवार्ता तथा छलफल हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया