लम्कीचुहा नगर स्तरीय अतिरिक्त क्रियाकलाप बालकल्याण माविमा सम्पन्न
२८ कार्तिक, कैलाली । बालकल्याण माध्यामिक विद्यालय भुरुवामा बुधबारदेखि सुरुभएको लम्कीचुहा नगरपालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवा स्थित बालकल्याण माविमा सुरुभएको २ दिने प्रतियोगिता विहिबार सम्पन्न भएको हो । लम्कीचुहा नगरपालिका वडा नम्बर १,३,४ र ५ का १६ सामुदायिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न विधामा आफ्नो अतिरिक्त कला प्रदर्शन गरेका थिए ।
प्रतियोगिताको दोस्रो दिन विहिबार भएको माध्यमिक तहको वक्तृत्वकला प्रतियोगितामा बालकल्याण मावि भुरुवाकी सरिता दुब्राकोटीले प्रथम, जनप्रभात मावि तिलकपुरकी लक्ष्मी बिष्टले दोस्रो र सरस्वती मावि भुरुवाकी निरुता चौधरीले तेस्रो स्थान प्राप्त गरे।
त्यसैगरी, बिहिवार नै भएको विग्यान प्रदर्शनी प्रतियोगितामा सरस्वती मावि कौवापुरका भरत बुढाले प्रथम , बालकल्याण मावि भुरुवाका बिधान खनालले दोस्रो र जनप्रभात मावि तिलकपुरका गणेश बिष्टले तेस्रो स्थान प्राप्त गरे । बिहीवार नै भएको कवितालेखन तथा वाचन प्रतियोगितामा सहिद स्मृति मावि लम्कीका चन्द्रा खनालले प्रथम, दिपेन्द्र मावि थपालिपुरले दोस्रो र बालकल्याण मावि भुरुवाले तेस्रो स्थान प्राप्त गरे ।
त्यसैगरी, बिहीवार भएको निमावि तह छात्रा २०० मिटर दौड प्रतियोगितामा बालकल्याण मावि भुरुवाकी बिनिता साउदले प्रथम, जनप्रभात मावि तिलकपुरकी अन्जु डगौराले दोस्रो र कालिका मावि भुरुवाकी सरिता रसाइलीले तेस्रो स्थान प्राप्त गरे भने निमावि तहकै २०० मिटर छात्रतर्फ जनप्रभात माविका रुबिन परियारले प्रथम, सरस्वती मावि कौवापुरका चक्र परियारले दोस्रो र जनता मावि चैरीपुरका कमल नेपालीले तेस्रो स्थान प्राप्त गरे ।
बिहिबार नै भएको मावि तग छात्र ४०० मिटर दौडमा कालिका मावि भुरुवाका अनिल चौधरीले प्रथम, जनता माविका राजेध थापाले दोस्रो र बालकल्याण माविका बिनोद शाहीले तेस्रो स्थान प्राप्त गरे भने ४०० मिटर छात्रा दौडमा कालिका माविका अस्मिता बिष्टले प्रथम, नवजीवन माविका तुलसी धमालाले दोस्रो र रामावी थापापुरका दीबिशा चन्द तथा जनप्रभात माविका प्रिया डगौराले तेस्रो स्थान प्राप्त गरेको बालकल्याण मावि भुरुवाका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिए।
लम्कीचुहा नगरपालिका वडा नम्बर १,३,४ र ५ का १६ सामुदायिक विद्यालयहरुको सहभागिता रहेको कार्यक्रमको पहिलो दिन बुधबार भएको निमावि तह स्पेलिङ प्रतियोगितामा बालकल्याण मावि भुरुवाले प्रथम, जन जागृती मावि चौरीले दोस्रो र दीपेन्द्र मावि थपालीपुरले तेस्रो स्थान प्राप्त गरे ।
त्यसैगरी, पहिलो दिन भएको माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा कालिका मावि भुरुवाले प्रथम, बालकल्याण मावि भुरुवाले दोस्रो र नवजीवन मावि बलियाले तेस्रो स्थान प्राप्त गरे ।
त्यसैगरी, निमावि स्तरीय कम्प्युटर सीप प्रतियोगितामा सरस्वती मावि भुरुवाका शुदर्शन सन्ज्यालले प्रथम , बालकल्याण मावि भुरुवाका बलबहादुर भुलले दोस्रो र जनप्रभात मावि तिलकपुरका लक्ष्मण देबकोटाले तेस्रो स्थान प्राप्त गरेका छन ।
निमावि तहको हाजिरीजवाफ प्रतियोगितामा कालिका मावि भुरुवाले प्रथम , बालकल्याण मावि भुरुवाले दोस्रो र सरस्वती मावि भुरुवाले तेस्रो स्थान प्राप्त गरे ।
निमावि तहको चित्रकला प्रतियोगितामा बालकल्याण मावि भुरुवाका लक्ष्मी शाहीले प्रथम, सरस्वती मावि कौवापुरका धर्मा बगाले मगरले दोस्रो र सहिद स्मृति मावि लम्कीका माया चौधरीले तेस्रो स्थान प्राप्त गरे । पहिलो दिन भएको मावि स्तरीय चित्रकला प्रतियोगितामा जनता मावि चौरीपुरका अमृता कुवरले प्रथम, जनप्रभात मावि तिलकपुरका पुष्पा गुरुङले दोस्रो र सरस्वती मावि भुरुवाका जनक टमट्टाले तेस्रो स्थान प्राप्त गरे ।
पहिलो दिन नै भएको प्रावि स्तरीय चित्रकला प्रतियोगितामा सरस्वती मावि भुरुवाका पुनम शाहीले प्रथम, राष्ट्रिय मावि बल्चौरका रेहान चौधरीले दोस्रो र कालिका मावि भुरुवाका निरुता बि. क. ले तेस्रो स्थान प्राप्त गरे ।
यस्तै, बुधबार भएको मावि तह निबन्धलेखन प्रतियोगितामा राष्ट्रिय मावि थापापुरका दुर्गा साउदले प्रथम, जनप्रभात माविका ममता भट्टराईले दोस्रो र बालकल्याण मावि भुरुवाका सरिता दुब्राकोटीले तेस्रो स्थान प्राप्त गरे भने निमावि तहमा कालिका माविका प्रशान्त सन्ज्यालले प्रथम , जनप्रभात माविजा करुना रानाले दोस्रो र सरस्वती मावि भुरुवाका चन्द्रमा न्यौपानेले तेस्रो स्थान प्राप्त गरे ।
गुड नेवर्स इन्टरनेसनल नेपाल कैलालीको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपाल कैलालीको कार्यन्वयन र बालकल्याण मावि भुरुवाको व्यवस्थापनमा अवसर परियोजना अन्तर्गत प्रतियोगिता सञ्चालन गरिएको हो । बालकल्याण माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गीता गडतोला थापाको सभापतित्वमा भएको समापन कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापा रहनु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि लम्कीचुहा नगरपालिका शिक्षा शाखाका प्रतिनिधि टीकाराम जोशि, शिक्षाप्रेमी समाजसेवी बद्रीप्रसाद लम्साल, गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीका मंगल बहादुर शाह, सहभागी विद्यालयका तर्फबाट जनता मावि चौरीपुरका रोशन बोहरा, बालकल्याण मावि भुरुवाका रुपलाल जैशी लगायतका वक्ताहरुले मन्तव्य राख्नु भएको थियो । – रंगप्रसाद तिमिल्सैना
प्रतिक्रिया