बिहीबार, वैशाख ६, २०८१

हिमाल चढ्नेहरुको सुरक्षाकालागि नेपालमा पहिलो पटक स्थापना गरियो यस्तो क्याम्प !

नेपालखोज २०७६ कार्तिक २९ गते १५:४०

२९ कार्तिक, काठमाडौँ । वि विल राईज फाउण्डेशनले पर्वतिय यात्रा सुरक्षित बनाउन सुरक्षित बास स्थल (क्याम्प ) अर्थात बिवाक स्थापना गरेको छ ।

नेपालको पर्यटन प्रवद्र्घन क्षेत्रमा सक्रिय यस फाउण्डेशनले नेपालमै पहिलो पटक उच्च प्रविधि युक्त यस्तो क्याम्प रोल्वालिङको टासी लाप्चामा खडा गरेको हो । वि विल राईज फाउण्डेशनले हिमाली पदयात्रा सुलभ र सहज बनाउन नेपाल बैंक लिमिटेड र इटालियन हिमाल आरोहीहरुको प्रयासबाट बिवाकको स्थापना गरेको हो । फाउण्डेसनले विहिबार पत्रकार सम्मेलन गर्दै क्याम्प स्थापना गर्न सफलता भएको जानकारी दियो ।

यस क्याम्पले रोल्वालिङ गाउँपालिकाबाट हिमाली क्षेत्र पार गर्दै पासाङ्ग ल्हामु गाउँपालिका पुग्न सहज बनाउने फाउण्डेसनको विश्वास छ । रोल्वालिङ गाउँपालिकाबाट हिमाली क्षेत्र पार गर्दै पासाङ्ग ल्हामु गाउँपालिका पुग्न करिब १४ दिनको कठिन पदयात्रा पार गर्नुपर्ने हुन्छ । जहाँ टासी लाप्चाक्षेत्रको पदयात्रा अत्यन्त कठिन मानिन्छ ।

हिमाल आरोही अर्थात अन्य सामान्य पदयात्री, भरिया, पथ प्रदर्शक र पर्यटकलाई टासी लाप्चाक्षेत्र पार गर्न धेरै नै कठिन हुने गर्छ । यस क्षेत्रमा आईपुग्दा पत्रयात्रीले न्यून तापक्रम, भारी हिमवर्षा, हावाको उच्च वेग जस्ता विभिन्न कारणले समस्या पार्ने र अहिलेसम्म यस्ता समस्याले सयौँ मानिसको मृत्यु भैसकेको हिमाल आरोही एवंम वि विल राईज फाउण्डेशनका सदस्य फुर्वा तेन्जिङ शेर्पाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानकी अध्यक्ष लाक्पाफुटी शेर्पाले सुरक्षित क्याम्पले हिमाल आरोहणको यात्रामा महत्वपुर्ण सहयोग गर्ने बताईन् । शेर्पा समुदायले देशलाई विश्व जगतमा चिनाएपनि उनिहरुको उत्थानकालागि सरकारले अझै खासै ध्यान नदिएकाले यस तर्फ सोच्नु पर्ने लाक्पाफुटीको भनाई थियो । उनले स्थानिय युवा र क्याम्पको स्थापनाकालागि सहयोग गर्ने सम्पुर्ण विदेशीहरुलाई धन्यवाद दिदै बिवक नेपालको पर्यटन क्षेत्रमा भएको एक उदाहरणीय काम बताईन् ।

सगरमाथा लगाएतका हिमाल आरोहणको लक्ष्य बोकेका सयौँ आरोहीहरु टासी लाप्चाक्षेत्र पार गर्न नसकी घाईते भएका छन् । हिमाल आरोहणको एउटा असहज खुड्कीको पार गर्न र रोल्वालिङका साथै पासाङ्ग ल्हामु गाउँपालिकाको जनजिवनमा केही सहजता ल्याउन उच्च प्रविधि युक्त यो क्याम्प (बिवाक) अत्यन्त उपयोगसिद्ध हुने देखिन्छ ।

प्रतिक्रिया