शुक्रबार, वैशाख १४, २०८१

पत्रकार सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त हुँदै

नेपालखोज २०७६ कार्तिक २९ गते १७:२२

२९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना सल्लाहकारलाई बर्खास्त गरे लगतै प्रेस सल्लाहकारमा नेकपाका केन्द्रीय सदस्य सूर्य थापालाई नियुक्ति गरेका छन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहेका थापा पछिल्लो समयमा राजनीतिमा बढी सक्रिय देखिएका छन् । राजनीति भन्दा बढी पत्रकारिता बुझेका थापा प्रेस सल्लाहकार नियुक्ति भएसँग नेपाली प्रेसले खेप्नु परेको वर्तमान समस्यालाई सम्वोधन गर्ने विश्वास लिइएको छ ।

पार्टी एकीकरण हुनु पूर्व प्रचार विभागमा बसेर काम गरेका थापाले पार्टीको मुखपत्रका रुपमा प्रकाशन भईरहेको नवयुगमा लामो समयसम्म संलग्न थिए । औपचारिक रुपमा नियुक्ति पाईनसकेको भएपनि अनौपचारिक रुपमा थापाले काम शुरु गरिसकेका छन् ।
यस अघि झलनाथ खनाल प्रधानमन्त्री हुँदा समेत प्रेस सल्लाहकारको भूमिका निर्वाह गरिसकेका थापालाई अव बस्ने मन्त्रिपरिषद्को वैठकबाट निर्णय गरेर औपचारिक रुपमा नै प्रेस सल्लाहाकार हुनेछन् ।

प्रतिक्रिया