शनिबार, वैशाख १५, २०८१

पूर्व मन्त्री आलमलार्य पुर्पक्षका लागि थुनामा राख्ने आदेश

नेपालखोज २०७६ कार्तिक २९ गते १८:००

२९ कार्तिक, रौतहट । संविधान सभा २०६४ को निर्वाचनका समय बम काण्डमा मुछिएका पूर्व मन्त्री एवं निवर्तमान सभासद् मोहम्मद अफताव आलमलाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
उनलाई निर्वाचनमा धाँधली गरी चुनाव जित्ने उद्देश्यले बम बनाउँदै गर्दा २७ चैत २०६४ मा भएको विस्फोटमा परेर घाइते भएकालाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेको थियो ।

जिल्ला अदालत रौतहटकाका न्यायाधीश दीपक ढकालले दुवै पक्षको बहसपछि मुद्दाको अन्तिम फैसला नआउन्जेलसम्म आलमलाई कारागार चलान गर्न आदेश दिएका हुन्।

घाइते भएका दुईजना नेपाली मोहम्मद ओसि अख्तर र पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित अन्य २० जना भारतीय नागरिकलाई आलमको निर्देशनमा इँटाभट्टामा जलाइएको अभियोग थियो ।

प्रतिक्रिया