शुक्रबार, वैशाख ७, २०८१

संस्कृत भाषा साहित्य र ज्ञानको खानी ः पूर्वप्रधानमन्त्री नेपाल

नेपालखोज २०७६ कार्तिक ३० गते ११:०४

३० कार्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताउनु बताएका छन् । राजकीय संस्कृत मावि र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा अध्ययन गरेका भूतपूर्व संस्कृत विद्यार्थी समाजको जारी प्रथम सम्मेलनका सहभागी प्रतिनिधिसँग आज बिहान सम्मेलन सफलताको कामना गर्दै वरिष्ठ नेता नेपालले संस्कृत भाषा वैज्ञानिक हुनाका साथै ज्ञानको खानी भएको बताउनु हुन् ।

बिहान राजकीय संस्कृत विद्यालय परिसर पुगेका नेपाललाई संस्कृत माविका विद्यालयका विद्यार्थीले वैदिक मन्त्रोच्चारणबीच स्वस्तिवाचन गरेका थिए । संस्कृत मावि र विद्यापीठको अवलोकन गरेका नेपाललाई समाजमा आबद्ध दुवै शिक्षालयका पूर्वविद्यार्थीले स्वागत गर्दै संस्कृत शिक्षा उपेक्षित हुँदै गएको गुनासो गरेका थिए ।

सम्मेलनमा सहभागी हुन आएका समाजमा आबद्ध हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन डा शम्भु कोइरालाले मटिहानीको मुख्य आकर्षण संस्कृत शिक्षा भएको उल्लेख गर्दै यसको संवद्र्धनका लागि नेपालको ध्यानाकर्षण गराएका थिए ।

सम्मेलनका सहभागीसँग वरिष्ठ नेता नेपालले संस्कृतको संरक्षण र संवद्र्धनमा सबै तहका सरकार र प्रबुद्ध वर्गको निरन्तर सहयोग रहनुपर्नेमा जोड दिँदै आफ्नो तहबाट यसका लागि उच्चतम प्रयत्न गरिने नेपालले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया