शुक्रबार, वैशाख १४, २०८१

कालापानीबाट विदेशी फौज हटाउँछौं — प्रधानमन्त्री

नेपालखोज २०७६ मंसिर १ गते १३:१९

१ मंसिर, कामाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारती सेना फौज हटाउने बताएका छन् । नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले नेपाली एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताए ।

उनले आफ्नो फौज फिर्ता लैजान भारतलाई आग्रह पनि गरे । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री बोल्दैनन् किन भनि प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले विदेशी फौज फिर्ता गराउने समेत प्रष्ट पारेका हुन् ।

उनले सिमाना मिचिएको समस्या अहिलेको नभई धेरै पुरानो समस्या भएपनि मिचिएको भूमी फिर्ता ल्याउन सरकार सक्षम रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताए ।

प्रतिक्रिया