बिहीबार, चैत १५, २०८०

वातावरण संरक्षण्का लागि यति एयरलाइन्सले प्लाष्टिक कप प्रयोग नगर्ने

नेपालखोज २०७६ मंसिर २ गते ६:२९

२ मंसिर, काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्ना सबै जहाजमा प्लाष्टिकका कप प्रयोग नगर्ने भएको छ । एयरलाइन्सले यात्रुलाई पानी तथा अन्य पेय पदार्थ दिन प्रयोग भइरहेको प्लास्टिक कप विस्थापन गर्ने घोषणा गरेको हो ।

पेपर कपको उद्घाट गर्दै संयुक्त राष्ट्र संघ विकास नियोग (युनएनडिपी)का आवासीय प्रतिनिधि आइसियानी लेबेले वातावरण संरक्षणका लागि यती एअरलाइन्सले सकारात्मक प्रयास गरेको बताए । वातावरण संरक्षण र कार्वन उत्सर्जनमा कमी आउने कम्पनीको भनाइ छ ।

यती एअरलाइन्स नेपालमा कार्बन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो वायु सेवा कम्पनी हो । पेपर कपसँगै यती एअरलाइन्सले थप दुई विद्युतीय कार प्रयोगमा ल्याएको छ । यतीले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न युएनडिपिसँग सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया