बिहीबार, वैशाख १३, २०८१

देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैनः प्रधानमन्त्री ओली

नेपालखोज २०७६ मंसिर २ गते ६:५३

२ मंसिर, काठमाडाैं । भारतले नेपालको सीमाना मिचिएकोप्रति जनस्तरबाट चर्काे विराेध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताएका छन् ।

काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्र्रथम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, संसारसामु शन्तिप्रिय छवि भएको नेपालले कसैको एक इन्च जमिन मिच्दैन । छिमेकी देशले हाम्रो भूमीबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्रीले नक्सा सच्याउनुभन्दा भूमी फिर्ता लिने कुरा महत्त्वपूर्ण रहेको बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया