मंगलबार, असार १, २०७८

सेवाग्राहीलाई हानि पु¥याए तलब कट्टा !

नेपालखोज २०७६ मंसिर २ गते ७:१७

२ मंसिर, काठमाडाैं । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानी पु¥याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव गरिएको छ।

सरकारले प्रस्तुत गरेको मूल विधेयकमा प्रारम्भिक छलफलपछि उक्त व्यवस्था थप गर्ने गरी मस्यौदा तयार पारिएको छ। विभागीय मन्त्री, सचिव तथा समितिको छलफलमा आएको रायअनुसार उक्त व्यवस्था थप गर्न प्रस्ताव गरिएको हो । विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ।

विधेयकका सम्बन्धमा सर्वपक्षीय छलफलको प्रारम्भिक मस्यौदा प्रतिवेदन अहिले समितिमा दफाबार छलफलमा छ। मूल विधेयकको दफा ९० पछि उक्त व्यवस्था थप गर्न प्रस्ताव गरिएको हो । प्रस्तावित व्यवस्थाअनुसार सेवाग्राहीलाई के कस्ता कामले हानि हुने भन्ने विषय भने मौन छ तर विभिन्न चार आधारमा भने १० दिनसम्मको तलब कट्टी गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको हो। यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

प्रतिक्रिया