बुधबार, वैशाख २६, २०८१

प्रधानमन्त्रीले सिंहदरबारबाटै गरे माथिल्लो त्रिशूली थ्री-ए जलविद्युतकाे उदघाटन

नेपालखोज २०७६ मंसिर २ गते १२:२१

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री-ए जलविद्युत् आयोजना उदघाटन गरेका छन् ।

६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर र जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका-५ सिम्लेबाट एकसाथ उदघाटन गरेका हुन् ।

यो आयोजनाले दैनिक १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया