शुक्रबार, चैत १६, २०८०

कार्यकारी अध्यक्ष पदको प्रस्तावमा ओलीको अस्वीकृतिपछि वालुवाटारबाट हिडेका प्रचण्डले के गर्लान् बुधबारको छफलमा ?

नेपालखोज २०७६ मंसिर ३ गते १५:३६

३ मंसिर, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कार्यकारी अध्यक्षको पद मागेका छन् ।

मन्त्रिपरिषद् पुर्नगठनकालागि छलफलमा जुटेका प्रधानमन्त्री एवंम नेकपाकै अर्का अध्यक्ष केपीशर्मा ओलीसँग प्रचण्डले आफुलाई कार्यकारी अध्यक्षको हैसियत प्रदान गर्न प्रस्ताव गरेका हुन् । प्रचण्डको यस प्रस्तावलाई ओलीले अस्विकार गरेपछि सोमबारको छलफल निष्कर्ष विहिन भयो र प्रचण्ड फेरी छलफल गरौँला भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।

स्रोतका अनुसार ओली र प्रचण्डविच मंगलबार (आज) भेट र छलफलको कुनै कार्यक्रम छैन । आ—आफ्नो व्यस्तताका कारण उनिहरुविच आज भेटवार्ताको कार्यक्रम नरहेको हो । बुधबार पुन मन्त्रिमण्डल विस्तार र अन्य छलफलका एजेण्डा माथि उनिहरुविच छलफल हुनसक्ने बताईएको छ ।

लामो समयदेखि ओली र प्रचण्डविच चलिरहेको निष्कर्ष विहिन छलफलका कारण मन्त्रिमण्डल विस्तार र सभामुख समेत टुंगो लाग्न सकिरहेको छैन । मन्त्रीपरिषद् विस्तारको काम हिजो(सोमबार) नै सम्पन्न गर्ने तयारी गरेर ओली र प्रचण्ड छलफलमा जुटेका थिए तर ठोस निर्णय भएन ।

मन्त्री हेरफेरको संख्यामा समेत ओली र प्रचण्डविच कुरा नमिलेको स्रोतले बताएको छ । ओलीले बढीमा ६ जनासम्म मन्त्री फेर्ने कुरा गरेपनि प्रचण्डले त्यो अत्यन्त न्युन संख्या भयो भन्दै असन्तुष्टी जनाएको नेकपाका एक उच्च नेताले बताए । स्रोतका अनुसार मन्त्री हेरफेरको संख्यामा सहमति नजुटेपछि दुई अध्यक्षको छलफल कार्यकारी अध्यक्ष र सभामुखको विषय तिर केन्द्रित भएको हो ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भएको थियो । यस कुराको खुलासा प्रचण्ड स्वयंमले गरेका थिए भने ओलीले यसको अस्विकारपनि गरेका थिएनन् । लोपालोको सहमति अनुसार प्रधानमन्त्रीमा जोड दिएका प्रचण्डले पछिल्लो समय भने आफूलाई पार्टीको जिम्मेवारी दिएर ओलीले पाँच वर्ष सरकार चलाउँदा मान्य हुने मत राख्दै आएका छन् । तर अहिलेसम्म प्रधानमन्त्री ओलीले त्यसमा पनि ग्रिन सिङनल दिएका छैनन् ।

मन्त्री हेरफेरकोे संख्या, पार्टी नेतृत्वको पावर हस्तान्त्रण, गुटगत भागबण्डा लगाएतका कुरामा दुई नेताको सहमति नभैरहेकाबेला बुधबारको छलफलबाट नेकपाले के गर्छ ? कसरी, कुन निर्णय लिन्छ भन्ने कुराको एकिन आकलन गर्न जटिल छ । तर, अवस्था यही रही ओली र प्रचण्ड आ—आफ्नो अडानमा बसिरहे मन्त्रीमण्डल विस्तार र सभामुख चयनको काम लम्बिईरहने पक्का छ ।

प्रतिक्रिया