कसरी भयो २० लिटर डिजेल वोकेको ट्याँकर वेपत्ता
४ मंसिर, काठमाडौं । सुन्दा पनि पत्यान नलाग्ने घटनाहरुको छानविन समिति बन्ने गर्दछन् । नेपाल आयल निगमको २० हजार डिजेल लोड गरेर हिडेको ट्यांकर अपहरणमा परेको भन्दै छानविन समिति गठन भएको छ । डिजेल वोकेको ट्यांकर अपहरण परेको भन्दै नेपाल आयल निगमले प्रदेश नं. १ का कार्यालय प्रमुख इन्जिनियर अशोक शाहको संयोजकतवमा ४ सदस्यीय छानविन समिति गठन गरेको छ । अपहरणमा परेको हल्ला चलाएर आर्थिक चलखेल गर्न खोज्ने कर्मचारीहरुकै मिलेमतोमा ट्यांकर लुकाएको हुन सक्ने अनुमान गरिएको छ ।
निगमको इन्धन डिपो अमलेखगञ्जबाट यही मङ्सिर १ गते अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नं प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना४ख ४१६३ नम्बरको ट्याङ्कर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो । सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सहचालकको आँखामा पट्टी लगाई बर्दिबास र लालबन्दीको बीचको जङ्गलमा छाडेको बताएको छ ।
प्रतिक्रिया