शुक्रबार, चैत १६, २०८०

चिया खाने कि ? के के छन् फाइदा

नेपालखोज २०७६ मंसिर ४ गते ७:३३

हामी नेपालीहरु चिया पारखी नै छौं । अझ नेपालमा त अर्गानिक चिया उत्पादन नै हुन्छ । इलाम लगायका चिया विश्वप्रसिद्ध नै देखिन्छ । हाम्रा पुस्ताले तातोपानी पिउने प्रचलन विस्तारै विकसित हुँदै गएर चिया, कफिसम्म पनि पुगेको छ । विहान होस् वा दिनमा हामीले पिउने चिया विभिन्न प्रकारका रहेका छन् । तर चियाको प्रकार अनुसार हुने फाइदाहरु फरक हुन्छ भन्ने कुरा पनि हामीले विर्षनु हुँदैन । नन–हर्बल चिया चियाको पत्तिबाट बनाइन्छ भने यस्तै हर्बल चियाहरु विभिन्न जडिबुटीबाट बनाइन्छ । ग्रिन, ब्ल्याक वा दूध चियाको रुपमा बनाएर पिउने गरिन्छ ।
१) चियामा एन्टीअक्सिडेन्ट्स हुन्छ
एन्टीअक्सिडेन्ट्सले हाम्रो शरीरलाई रिफ्रेस बनाउन सहयोग गर्छ । प्रदुषणबाट हुने नोक्सानी कम गर्न पनि यसले सहयोग गर्छ । एन्टीअक्सिडेन्ट्स दूध चियामा बढी हुन्छ ।

२) कफीमा भन्दा कम क्याफिन हुन्छ
चियामा कफीमा पाइने भन्दा ५० प्रतिशतसम्म कम क्याफिन पाइन्छ । अझ हर्बल चियामा त क्याफिनको मात्रा शून्य प्रायः हुन्छ । यसको अर्थ क्याफिनका कारण नर्भस सिस्टममा हुने प्रभाव चियाका कारण हुँदैन ।

३) चियाले हृदयघात तथा स्ट्रोकको जोखिम कम गर्न सक्छ
चिया र मुटु स्वास्थ्यका बारेमा धेरै अनुसन्धान भएका छन् । केहीमा चियाले बेफाइदा गर्ने बताइएको छ भने केहीमा फाइदा हुने देखिएको छ । तर पछिल्ला अध्ययनले चियाको व्यवस्थित मात्राले हृदयघात तथा स्ट्रोकको जोखिम कम गर्न सक्ने देखिएको छ ।

पछिल्लो अध्ययनले दिनको एक देखि तीन कप ग्रिन टि पिउने व्यक्तिमा स्ट्रोकको जोखिम ३५ प्रतिशतले कम गर्ने देखिएको छ । यस्तै दिनको चार वा त्यो भन्दा बढी कम चिया पिउनेमा हृदयघातको जोखिम ३२ प्रतिशतले कम हुने देखिएको छ ।

४) तौल कम गर्न सहयोग गर्न सक्छ
अध्ययनको निष्कर्ष त्यति पूर्ण छैन, तर चियाले मोटोपन कम गर्न सहयोग गर्ने धेरै अध्ययनले देखिएका छन् ।

५) हड्डीलाई जोगाउन सहयोग गर्छ
ग्रिन टि ले हड्डीको क्षतिकरणमा सहयोग गर्ने पछिल्लोपटक जनावरमा गरिएको अनुसन्धानले देखाएको छ । ग्रिन टि मा क्याल्सियम, आइरनसहित भिटामिन ए र के हुने भएकाले हड्डीका लागि राम्रो हुने देखिएको हो ।

६) चियाले मुस्कानलाई चहकिलो बनाउँछ
जापानमा गरिएको अनुसन्धान अनुसार चियाले दाँत खिइने क्रम कम गर्ने र झर्नबाट पनि जोगाउने देखिएको छ । चियाले मुखको पिएच बढाउँछ । यस्तै चियाले दाँतलाई चम्किलो राख्न पनि सहयोग गर्छ ।

७) चियाले प्रतिरोधात्मक क्षमता बढाउँछ
चियाले शरीरमा रहेका रोग प्रतिरोधात्मक क्षमता बढाउने कोषहरुको सिर्जनामा सहयोग गर्ने देखिएको छ । यस्तै ती कोषहरुको क्षमता पनि बिस्तार हुने गरेको पाइएको छ ।

८) क्यान्सरसँग लड्न सहयोग गर्न सक्छ
अध्ययनका नतिजाहरु मिश्रित आएका छन् । तर चियाले क्यान्सरको जोखिम कम गर्न अधिकांश अध्ययनले देखाएका छन् । विशेष गरी वंशाणुगत कारणले क्यान्सरको जोखिममा रहेका व्यक्तिले चियाको मात्रा बढाउँदा फाइदा हुने देखिएको छ ।

९) हर्बल चियाले पाचन प्रक्रिया राम्रो बनाउँछ
विशेष गरी हर्बल चियाले पाचन प्रक्रिया बलियो बनाउन सहयोग गर्ने देखिएको छ । अदुवा मिसाएको हर्बल चियाले पाचन प्रणालीलाई सहयोग गर्ने देखिएको छ ।

१०) क्यालोरी मुक्त
चिया क्यालोरी मुक्त र पानीको विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ । पानीको मात्रा कम हुन पनि नदिने र स्वाद पनि आउने भएकाले चिया पेयको उपयुक्त विकल्प हो ।

प्रतिक्रिया