शुक्रबार, वैशाख १४, २०८१

मन्त्रीहरुलाई कुनै पनि औपचारिक कार्यक्रममा नजान प्रधानमन्त्रीको निर्देशन, मन्त्रीमण्डल आज पुर्नगठन हुने

नेपालखोज २०७६ मंसिर ४ गते ७:४६

४ मंसिर, काठमाडौं । वहालवाला मन्त्री तथा राज्यमन्त्रीहरुलाई बुधबारका दिन कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । लामो समयदेखि मन्त्रीमण्डल पर्नुगठनको हल्ला चलेपनि नेकपामा दुई अध्यक्षको लामो सहमति पश्चात आज बुधबार आधा दर्जन पुराना मन्त्री फालिने र नयाँ आउने भएका छन् ।
मन्त्रीमण्डले पुर्नगठन हुने भएकाले प्रधानमन्त्री ओलीले अहिलेसम्म मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा धन्यवाद दिँदै बुधबार कतै नजान आग्रह समेत गरेका छन् । प्रधानमन्त्रीको आग्रहसँग आज बुधबार कुनै पनि मन्त्रीले औपचारिक कार्यक्रममा भाग नलिने बताएका छन् ।
नयाँ बन्ने मन्त्रीहरुको अनुमान गरिएपनि अनुमान गरिएका भन्दा फरक मन्त्रीहरु आउन सक्ने पनि देखिन्छ । प्रधानमन्त्री सचिवालय श्रोतका अनुसार बेलुकासम्म नयाँ मन्त्रीहरुले शपथ ग्रहण गर्ने छन् । जे होस् दुई तिहाई सरकारमा आज नयाँ मन्त्रीहरु आउँदैछन् । आफू बन्ने भन्दा पनि देश बनाउने सोच सहित शपथ ग्रहण गरुन् ।

प्रतिक्रिया