शनिबार, वैशाख १५, २०८१

ओलीको नयाँ मन्त्रीमण्डलमा को को आए ? शपथ ग्रहण आज हुँदै

नेपालखोज २०७६ मंसिर ४ गते २१:४८

५ मंसिर, काठमाडौं । निकै हल्ला खल्ला गरिएको ओली नेतृत्वको सरकारबाट थोरै मात्र मन्त्रीहरु फेरिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, श्रम मन्त्री गोकर्ण विष्ट, उद्योग बाणिज्य तथा आफूर्ति मन्त्री मातृका यादव बाहिर रिएका छन् ।

नयाँ अनुहार ल्याउने नाममा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको जिम्मेवारी परिवर्तन भएको छ । उनलाई स्वास्थ्य मन्त्रीबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा लगिएको छ । नयाँ इन्ट्री भएका मन्त्रीहरुमा हृदयश त्रिपाठी, घनश्याम भूषाल, लेखराज भट्ट, रामेश्वर राय यादव, बसन्तकुमार नेम्वाङ , पार्वत गुरुङ, मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई भोली शपथ ख्वाईने कार्यक्रम रहेको छ । (हेर्नुस मन्त्रीमण्डलको नामावली )

प्रतिक्रिया