मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
नेपालखोज
२०७६ मंसिर ५ गते १०:५२
५ मंसिर, काठमाडौं । बर्दियामा मोटर साइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
बर्दियाको गुलरिया नगरपालिका–३ पुरानो सरजु नदी हुलाकी सडकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका–१ का ३५ वर्षीय राजेश यादव रहेका छन् ।
खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे४प ७२१७ नंको मोटरसाइकल नालामा पल्टिँदा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
सम्बन्धित
प्रतिक्रिया