बिहीबार, चैत १५, २०८०

केपी ओली नेतृत्वको सरकारमा थपिएका मन्त्रीले लिए शपथ

नेपालखोज २०७६ मंसिर ५ गते १२:१९

५ मंसिर, काठमाडौं । निकै चर्चा र छलछामका वीच केपी ओली नेतृत्वको सरकार केही नयाँ अनुहार र केही पुराना अनुहारका मन्त्रीहरु थपिएका छन् । सत्ता लम्व्याउनका लागि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्ष दिएर आफू पाँचवर्षे प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै गर्दा केही मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्रीहरु थपेका छन् ।

थपिएका नवनियुक्त ५ जना मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी सपमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नव नियुक्त मन्त्रीहरु पश्चात थपिएका राज्यमन्त्रीहरुले प्रधानमन्त्री केपी ओली समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार त्यसको भोलिपल्ट शपथ गराइएको हो । शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको काम गर्न बाटो खुलेको छ ।

प्रतिक्रिया