शनिबार, वैशाख १५, २०८१

५ लाख घुससहित सिराहाका मालपोत प्रमुख अख्तियारको फन्दामा

नेपालखोज २०७६ मंसिर ६ गते १३:३२

६ मंसिर, सिराहा । जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ परेका हुन् ।

जिल्ला मालपोत कार्यालय सिराहाका अधिकारीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको हो ।

सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए ।

त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो । त्यही सुचनाका आधारमा आवश्यक तयारीगरी अख्तियारको टोली त्यहाँ पुगेर उनलाई रंगेहात पक्राउ गरेको हो ।

प्रतिक्रिया