मंगलबार, वैशाख ११, २०८१

प्रभु वैकको चुक्ता पुँजी १० अर्व ३१ करोड नाध्यो

नेपालखोज २०७६ मंसिर ६ गते ७:४१

६ मंसिर, काठमाडौं । धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नको लागि बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने निर्णय पारित गर्दै प्रभु वैकले आफ्नो १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न साधारणसभाले १६ प्रतिशत बोनश शेयर समेत पारित गरेको छ ।

वैक वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडिी बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।शेयर धनीलाई १६ प्रतिशत बोनश दिए पश्चात वैको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ नाघेको वैकले जनाएको छ ।

वैकले दिएको जानकारी अनुसार साधारण सभाले संस्थापक र सर्वसाधारण समूहतर्फको शेयर स्वामित्व परिवर्तन र संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत शेयर स्वामित्व घटाएर ५१ प्रतिशत पुर्याएको छ । त्यस्तै सर्वसाधारण समूहतर्फ कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्व बढाएर ४९ प्रतिशत पुर्याएको छ ।

प्रतिक्रिया