बिहीबार, कार्तिक ६, २०७७

जन्ती बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, ४० घाइते

नेपालखोज २०७६ मंसिर ८ गते ९:४०

८ मंसिर, धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४० घाइते भएका छन् ।

Advertisement

नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले उनिहरुलाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ भने अन्य २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको प्रहरी उपरीक्षक वैदवारले बताए ।

Advertisement

प्रतिक्रिया