शुक्रबार, चैत १६, २०८०

मन्त्रालय हेरफेरमा समाजवादी पार्टीको आपत्ति, सरकार भने नछाड्ने

नेपालखोज २०७६ मंसिर ८ गते १०:३८

८ मंसिर, काठमाडौँ । साझेदार पार्टीको बिना जानकारी मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै समाजवादी पार्टीले आपत्ति जनाएको छ । मन्त्रिपरिषद् पुनर्गठनमा आपत्ति जनाएको समाजवादीले सरकार भने नछाड्ने निर्णय गरेको छ ।

शनिबार राति अबेरसम्म बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल मन्त्रिपरिषद पुनर्गठन भएकोमा आपत्ति जनाएको हो ।

दलले यसअघि भएको दुई बुँदे सहमति कार्यान्वयनमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीले उक्त सहमति कार्यान्वयनका लागि वार्ता टोली पनि बनाएको छ ।

सरकार र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग वार्ता समिति गठन गरेको छ । समितिमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनमा समाजवादीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय पनि हेरफेर भएको थियो ।

प्रतिक्रिया