शनिबार, वैशाख १५, २०८१

आजको शेयर बजार : लगानीकर्ताको मनोबल गिराउने गरि साढे ९ महिनाकै न्यून बिन्दुमा पुग्यो नेप्से

नेपालखोज २०७६ मंसिर ८ गते १६:३४

८ मंसिर, काठमाडौँ । नेप्से पछिल्लो साढे ९ महिना यता कै न्यून बिन्दुमा झरेको छ। मंसिर ८ गते आइतबार नेप्से परिसूचक १०.५४ अंक घटेर १ हजार ११०.०८ बिन्दुमा बन्द भयो ।

साढे ९ महिना अघि नेप्से १ हजार १०२.६४ बिन्दुमा बन्द भएको थियो। आइतबार नेप्से ओरालो लाग्दा कारोबार रकम पनि केही खुम्चिएको छ। यस दिन १६२ कम्पनीको २८ करोड ५ लाख ३४ हजार रुपैयाँ बराबरको ९ लाख २९ हजार कित्ता शेयर ५ हजार २९ पटकमा कारोबार भएको छ। गत बिहीबार २९ करोडभन्दा बढीको शेयर खरिद बिक्री भएको थियो।

सेन्सेटिभ इन्डेक्स यस दिन २.०३ अंक, फ्लोट इन्डेक्स ०.७९ र सेन्सेटिभ फ्लोट ०.७ अंक घटेको छ। यस दिन कारोबारमा आएका १६२ कम्पनीमध्ये १२२ कम्पनीको शेयरमूल्य घटेको छ भने २४ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। बाँकी १६ कम्पनीको शेयरमूल्य यस दिन स्थिर रहेको छ।

अहिले समग्र अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको संकेतहरु प्राप्त भइरहँदा पनि नेप्सेले भने सकारात्मक गति लिन सकेको छैन। लामो समयसम्म नेप्से ओरालो लाग्दा लगानीकर्ताहरुले अरबौँ सम्पत्ती गुमाइसकेका छन्। तर पनि सरकार र नियामक निकायहरुले बढाउन कुनै योजना ल्याएको छैन ।

लगानीकर्ताहरुसँग पैसा होइन मनोबल नभएको एक विश्लेषकहरुको भनाई छ । पछिल्लो समयमा केही कम्पनीहरुले उच्च लाभांश घोषणा गर्दा सो दिन कारोबार रकम पनि बढेको थियो। यसले लगानीकर्ताहरुसँग लगानीयोग्य पूँजी भएको संकेत गर्दछ। तर, बजारमा लगानी गरेर उचित प्रतिफल आउँछ भन्ने लगानीकर्ताहरुलाई विश्वास नभएका कारण उनीहरु बजार प्रवेश गर्न हिच्किचाइरहेका देखिन्छन् ।

प्रतिक्रिया